विराटनगर : विराटनगरमा प्रहरीले अवैध औषधि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगरबाट विभिन्न प्रकारका अवैध औषधि बरामद गरेको हो ।
भारतको जोगवनीबाट कार्टुनमा प्याक गरेर ल्याइएको औषधि विराटनगर महानगरपालिका १७ रघुपति जुट मिल्सनजिकबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीलाई देख्नासाथ औषधि तस्करीमा संलग्नहरु फरार भएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद औषधि तीन लाख ६५ हजार पाँच सय ३३ रूपैयाँ बराबरको छ ।
Discussion about this post