विराटनगर : विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरेर लैजादैँ गरेको अवस्थामा ६१ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको छ ।
बुधबार (आज) इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ को २ ह ४६१० नम्बरको सिटी सफारी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडेर सिटी चालक फरार भएका छन् ।
फरार रहेका सिटी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post