विराटनगर : केन्द्र र प्रदेश सरकारले बजेट बिनियोजन गरेसँगै केशलिया व्युटिफिकेसनसहित कोरिडोर निर्माण कार्यको सुरुआत भएको छ ।
मंगलबार विराटनगरमा आयोजित बूढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका सन्र्दभमा छलफल तथा अभिमूखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् ।
नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् ।
नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी सौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए ।
बृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वय नहुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताएका छन् ।
केशलिया नदीलाइ सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने उनको भनाइ छ । उनले भने, ‘हामीले विराटनगरमा नयाँ योजना गर्दै छौँ भने आसपासका पालिका र स्थानीय तह पनि समेट्नु पर्छ ।’
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजनानिर्माणको कार्य थालजि गरिने बताएको भएपनिअस्थिरताका कारण सुरु हुननसकेको उनको भनाई छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय तथा प्रदेश सरकारले बजेटको बिनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बूढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो ।
Discussion about this post