इटहरी : मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको छ ।
पुरस्कारका लागि गुठीमा प्राप्त दुई सय ९९ पुस्तकबाट मदन पुरस्कार २०७८ श्रेष्ठ सूचीमा आठ पुस्तक छानिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् ।
उत्कृष्ट आठ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ (इतिहास र मीमांसा) र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छन् ।
यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।
२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा मदन पुरस्कार प्रदान गरेको थियो ।
Discussion about this post