इटहरी : इटहरीमा भाटभटेनी सञ्चालनमा आएसँगै यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टुरेन्ट खुल्न थालेका छन् ।
इटहरीस्थित लविपुरमा भाटभटेनी सञ्चालनमा आएसँगै यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका हुन् ।
इटहरी १७ मा भर्खरै ‘भोटेको एक्का’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका स्थानीय युवा व्यवसायी अमित थापा भन्छन्, ‘यहाँ भाटभटेनी सञ्चालनमा आएसँगै इटहरीको छुट्टै व्यापारिक हब बन्दै गएको छ ।’
उनले अहिले यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टरेन्ट, क्याफे, किराना पसल, कपडा पसल तथा अन्य विभिन्न व्यवसायिक पसलहरू सञ्चालनमा आएको बताए ।
भाटभटेनीमा आउने ग्राहकले खाजा खाने र थकाइ बिसाउने ठाउँ हुने भन्दै उनले यस क्षेत्रमा यो किसिमका होटल, रेस्टुरेन्ट सञ्चालनमा आएको बताए । उनले आफूले अहिले ७० लाख लगानीमा पारिवारिक रेस्टुरेन्ट, क्याफेसहितको सेवा प्रदान गर्ने उदेश्यले होटल सञ्चालनमा ल्याएको बताए ।
‘यो ठाउँ पहिला खेतीयोग्य र उत्पादनमुखी ठाउँ थियो,’ थापा भन्छन्, ‘अहिले भाटभटेनी सञ्चालनमा आएसँगै व्यवसायिक ठाउँका रूपमा परिचित हुन थालेको छ ।’
उनका अनुसार यस क्षेत्रमा अहिले फुटपाथमा व्यापार गर्नेहरूले पनि मनग्य आम्दानी गर्न थालेका छन् । कतिपयले आइसक्रिम, चटपटे, पानीपुरी तथा खाजाहरू पनि फुटपाथमै बेचेर जीवीकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय धेरैजसो मानिसहरूले यस क्षेत्रमै फलफूल समेत बिक्री गर्दै आएको उनी सुनाउँछन् ।
बैठक कक्षसहित आकर्षक कोठाहरूसहित रेस्टुरेन्ट सञ्चानलनमा ल्याएपछि अब पारिवारिक वातावरणमा यस ठाउँमा घुमफिरसँगै रिफ्रेसमेन्टका लागि मानिसहरू आवतजावत गर्ने उनको विश्वास छ ।
पछिल्लो समय इटहरीमा होटल व्यवसायीहरूले पर्यटन प्रवद्र्धन गरेको स्मरण गर्दै थापा भन्छन्, ‘पर्यटन क्षेत्रको स्तरोन्नतिका निम्ति होटल व्यवसायीको ठूलो लगानी छ, अब हामीले केहीसमयभित्रै लजसहितका कोठाहरू पनि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ, यो ठाउँमा पर्यटन प्रवद्र्धन गर्नका निम्ति पनि योगदान गर्ने उदेश्य छ ।’
धेरैजसो मानिसहरू इटहरी घुमफिरका लागि आउँदा बस्नका लागि आकर्षक ठाउँहरू कमै रहेकाले पनि आफूले त्यसतर्फ पनि सकारात्मक रहेको उनले सुनाए ।
Discussion about this post