इटहरी : इटहरीमा २१ वर्षीया युवतीले आत्महत्या गरेकी छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ की श्रद्धा घिमिरेले सोमबार साँझ आत्महत्या गरेकी हुन् ।
“दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन्,” डीएसपी खड्काले टाकुरालाई भने, “दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा आत्महत्या गरेको खुलेको छ ।”
उनका अनुसार सोमबार ३/४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताए ।
मृतकको मोबाइल जफत गरी प्रहरीले अनुसन्धान गरिरहेको उनले जनाए । उनले भने, “हामीले मृतकको मोबाइल जफत गरेर घटनाबारे गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएका छौं ।”
Discussion about this post