झापा : झापाको अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगानबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय लालबहादुर दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका दर्जीको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post