इटहरी : सुनसरीमा जंगली जनावरको मासुसहित आठजनालाई पक्राउ गरिएको छ । नेपाली सेनाले चित्तलको शिकार गरेको आरोपमा आठ जनालाई बुधबार पक्राउ गरेको हो ।
जिल्लाको श्रीलंका टापुस्थित भागलपुरबाट आठ जनालाई पक्राउ गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ ।
गस्ती गर्नेक्रममा श्रीलंका टापुस्थित भागलपुरबाट एक जनालाई चित्तलको मासुसहित पक्राउ गरेको थियो ।
उनीमाथि सोधपुछ गरी यसमा अन्य शिकारीहरू समेतको संलग्नता रहेको खुलेसँगै थप सात जनालाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेकाहरूबाट ६३ किलो जंगली जनावरको मासु, दुई वटा भरूवा बन्दुक नाल, एक प्याकेट टिका बारूद प्याकेट, एउटा खुँडा, चार वटा खुकुरी पनि बरामद गरिएको छ ।
Discussion about this post