धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययनले प्राविधिक र सञ्चालन अवरोधलाई कारण देखाउँदै विमानस्थल निर्माण गर्न नसकिने जनाएको हो ।
‘विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने, नीतिगत व्यवस्था विपरित हुने,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव भएकाले हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको ।’
प्राधिकरणले अन्य विविध प्राविधिक तथा सञ्चालन अवरोधका कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको निष्कर्ष निकालेको हो ।












Discussion about this post