मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सोमबार राति १०ः३० बजेतिर मोरङको लेटाङ नगरपालिका–२ बुधबारेस्थित धोबी चोकतर्फ जाँदै गरेको प्र. १–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा लेटाङ–२ बस्ने ३६ वर्षीया कञ्चन राई र ३५ वर्षीया सुचना राई घाइते भएका थिए । उपचारका क्रममा कञ्चन राईको आर्या न्युरो अस्पताल, विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकल चालक २६ वर्षीय सुशील मगर र पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरी घाइते भएका छन् ।
उनीहरूको प्रारम्भिक उपचारपछि डिस्चार्ज भई इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा राखिएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण तीव्र गति रहेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post