धरानका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
सुनसरी बराहक्षेत्र नगरपालिका ११ मुसरी टोलमा प्रहरी चौकी मधुवनबाट खटिएको गस्ती प्रहरीले कोशीटप्पु जमुवा चोक हुदै धरानतर्फ जादैँ गरेको अवस्थामा धरान १३ सुन्निमा चोक बस्ने वर्ष २३ को सिचम्बर राईलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post