झापा : झापाको मेचीनगर नगरपालिका १५ हेल्दुवारीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिणामको नियन्त्रित लागूऔषध ब्राउनसुगर, ८१ हजार १ सय रुपैँया, भारतीय रुपैँया १ सय १० रुपैँया र मोबायल २ थान बरामद भएको थियो ।
लागूऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post