टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विचार

लकडाउन र सुरक्षित गर्भपतनको अवस्था

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
प्रकाशित मिति : बैशाख २४, २०७७
0
लकडाउन र सुरक्षित गर्भपतनको अवस्था
424
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आक्रान्त भईरहेको छ ।
दिनानुदिन कोरोना भाइरस संक्रमणले भयावह अवस्था निम्ताइरहेको बेला सामाजिक अपराधहरु बढेपनि घरायसी अपराधमा भने कमी आउँन सकेको छैन ।
यसैबीच घरमै पनि लैगिंक हिंसा, जबरजस्ती करणी जस्ता क्रियाकलापहरु भईरहेको कुरा विद्यमान छ ।

कहिले सामूहिक बलात्कार त कहिले युवतीमाथि बलात्कारको प्रयास जस्ता घटना समाचारमा आइरहेकै छन् ।
गत वैशाख १४ गते इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरे । त्यस्तै, २२ वैशाखमा इटहरीको तालतलैया क्षेत्रमा एक युवतीमाथि बलात्कारको प्रयास भयो ।
यी माथि उदृत गरिएका इटहरी क्षेत्रमा बाहिर देखिएका प्रतिनिधि घटना मात्र हुन् ।

बाहिर नआएका र नदेखिएका यस्ता दर्जनौ घटना छन् । तर, पीडितहरु समाज र घरपरिवारको डरले अझै पनि मौन हुने अवस्था रहेको छ ।
पीडितहरुले आफ्नो समस्याबारे सम्बन्धित निकायमा उजुरी दिन साथै उचित समयमा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीहरुसँग समन्वय गर्न पनि नसकिरहेको अवस्था छ । महिलाहरु मात्रै नभई शारीरिक अशक्त, जेष्ठ नागरिकहरु पनि आपतकालीन सेवा तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिनबाट बञ्चित भईरहेको अवस्था छ ।
केही बर्ष अगाडि सम्म नेपालमै विपन्न समूदायमा दश बर्ष भन्दा कम उमेरमै विवाह गर्ने प्रचलन रहेको थियो । विपन्न समूदायले आफ्नो छोराछोरीलाई सानै उमेरमा विवाह गराइदिने र उनीहरुको बौद्धिक चेतना कमजोर हुने भएकाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् ।

त्यसो त अविकसित सहरहरुमा ललाइफकाई जबरजस्ती यौनजन्य क्रियाकलापमा बालिकालाई संलग्न गराउँने भएकाले पनि उनीहरुले असुरक्षित रुपमा गर्भपतन गराउँने गरेको विभिन्न अस्पतालका डाक्टरहरु बताउँछन् ।
स्त्री रोग विशेषज्ञ डा. विमला मल्ल भन्छिन्, ‘अन्य सेवा बन्द भएपनि स्वास्थ्य सेवा सञ्चालन भईरहेको छ, गर्भावस्थाका महिलाहरुले बेला–बेलामा चिकित्सकसँग परामर्श गर्न आवश्यक छ ।’
सुत्केरी हुने बेला भएका गर्भवतीले आफू नजिक रहेको अस्पतालमा परामर्श लिनका लागि जानु आवश्यक रहेको उनको भनाई छ । गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँदै उनले समयमा परीक्षण तथा परामर्श नगराएमा स्वास्थ्मा मात्रै नभई गर्भमा रहेको बच्चामा पनि गम्भीर असर पुग्ने औँल्याईन् ।
डा. बालकृष्ण शाह भन्छन्, ‘गर्भावस्थामा केही आकस्मिक जटिलताहरू आउन सक्छन्, त्यस्तो बेला समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ ।’ उनले अस्पतालमा गएर समय–समयमा स्वास्थ्यअवस्था जाँच गराउनुपर्ने सुझाव दिए । गर्भवती महिलाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने र यो लकडाउनको समयमा अनिच्छित गर्भधारण भएमा स्थानीय कानुनी मान्यता प्राप्त स्वास्थ्य सेवामा आवश्यक परामर्श लिन उनले सुझाव दिए ।

सुरक्षित गर्भपतनको अवस्था

सुरक्षित गर्भपतन महिलाको व्यक्तिगत अधिकार हो । यसले महिलाको आत्मविश्वास पनि बढाउँने गरेको छ । कुनै पनि बेला अनिच्छित गर्भ रहेमा र त्यसले आफ्नो काम, भविष्य वा स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएमा महिलाले चाहेको अवस्थामा त्यो गर्भ त्याग्न सकिन्छ । अर्थात्, सुरक्षित गर्भपतन गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार गर्भ रहेको १२ साता सम्मको गर्भलाई सूचिकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउन सक्ने अधिकार कानुनले दिएको छ । तथापी, सम्बन्धित मानिस १८ बर्ष भन्दा कम उमेर रहेको भएमा परिवार तथा अभिभावकको परामर्श आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नेपालमा गर्भपतनलाई नकारात्मक दृष्टिकोणबाट हेरिने भएपनि अन्य विकसित मुलुकहरुमा यसलाई सकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । नेपाली समाजमा सुरक्षित गर्भपतन गराउनु सामाजिक दृष्टिकोणमा राम्रो मानिदैँन । तर, स्वास्थ्यकर्मीहरु भने सुरक्षित गर्भपतन गराउँनु स्वास्थ्यको लागि फाइदा हुने तर्क गर्छन् ।

नेपालमा सुरक्षित गर्भपतनको कानुनी मान्यता पाएको १८ वर्ष भयो । यो अवधिमा १० लाख बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएर अकाल मृत्युवरणबाट बच्न सफल भएका छन् । अहिलेसम्म १० लाख बढी महिलाहरुले सुरक्षित गर्भपतन गराएकाले महिलाहरु सचेत भएको देखिन्छ । त्यसो त लुकिछिपी विभिन्न मेडिकलहरुमा गर्भपतन गराउँने गरेको उदाहरण पनि प्रसस्तै छन् ।

तर, कानुनी मान्यता प्राप्त स्वास्थ्य सेवामा अनिच्छित गर्भधारण भएमा ढुक्क भएर सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था रहेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ अनुसार लैङ्गिक हिंसा अन्त्य कानुनमा सुधार भएको नेपालको कानुन र युवा विकास केन्द्रले ल्याएको योजना अनुसार अनिच्छित गर्भधारण, बाध्यतात्मक गर्भधारण वा महिला हिंसा जस्ता घटनाले गर्भधारण भएमा महिलाले चाहेको खण्डमा सुरक्षित गर्भपतन गराउँन सकिने व्यवस्था छ ।

Related Posts

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने
FEATURE BREAKING

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

प्रकाशित मिति : असार २७, २०८२
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान चिन्तित

प्रकाशित मिति : असार २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

प्रकाशित मिति : असार २७, २०८२
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

प्रकाशित मिति : असार २७, २०८२
तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    770 shares
    Share 308 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    584 shares
    Share 234 Tweet 146
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana