Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

लकडाउन र सुरक्षित गर्भपतनको अवस्था

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
बैशाख २४, २०७७
in विचार, समाचार
0
लकडाउन र सुरक्षित गर्भपतनको अवस्था
434
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आक्रान्त भईरहेको छ ।
दिनानुदिन कोरोना भाइरस संक्रमणले भयावह अवस्था निम्ताइरहेको बेला सामाजिक अपराधहरु बढेपनि घरायसी अपराधमा भने कमी आउँन सकेको छैन ।
यसैबीच घरमै पनि लैगिंक हिंसा, जबरजस्ती करणी जस्ता क्रियाकलापहरु भईरहेको कुरा विद्यमान छ ।

कहिले सामूहिक बलात्कार त कहिले युवतीमाथि बलात्कारको प्रयास जस्ता घटना समाचारमा आइरहेकै छन् ।
गत वैशाख १४ गते इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरे । त्यस्तै, २२ वैशाखमा इटहरीको तालतलैया क्षेत्रमा एक युवतीमाथि बलात्कारको प्रयास भयो ।
यी माथि उदृत गरिएका इटहरी क्षेत्रमा बाहिर देखिएका प्रतिनिधि घटना मात्र हुन् ।

बाहिर नआएका र नदेखिएका यस्ता दर्जनौ घटना छन् । तर, पीडितहरु समाज र घरपरिवारको डरले अझै पनि मौन हुने अवस्था रहेको छ ।
पीडितहरुले आफ्नो समस्याबारे सम्बन्धित निकायमा उजुरी दिन साथै उचित समयमा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीहरुसँग समन्वय गर्न पनि नसकिरहेको अवस्था छ । महिलाहरु मात्रै नभई शारीरिक अशक्त, जेष्ठ नागरिकहरु पनि आपतकालीन सेवा तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिनबाट बञ्चित भईरहेको अवस्था छ ।
केही बर्ष अगाडि सम्म नेपालमै विपन्न समूदायमा दश बर्ष भन्दा कम उमेरमै विवाह गर्ने प्रचलन रहेको थियो । विपन्न समूदायले आफ्नो छोराछोरीलाई सानै उमेरमा विवाह गराइदिने र उनीहरुको बौद्धिक चेतना कमजोर हुने भएकाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् ।

त्यसो त अविकसित सहरहरुमा ललाइफकाई जबरजस्ती यौनजन्य क्रियाकलापमा बालिकालाई संलग्न गराउँने भएकाले पनि उनीहरुले असुरक्षित रुपमा गर्भपतन गराउँने गरेको विभिन्न अस्पतालका डाक्टरहरु बताउँछन् ।
स्त्री रोग विशेषज्ञ डा. विमला मल्ल भन्छिन्, ‘अन्य सेवा बन्द भएपनि स्वास्थ्य सेवा सञ्चालन भईरहेको छ, गर्भावस्थाका महिलाहरुले बेला–बेलामा चिकित्सकसँग परामर्श गर्न आवश्यक छ ।’
सुत्केरी हुने बेला भएका गर्भवतीले आफू नजिक रहेको अस्पतालमा परामर्श लिनका लागि जानु आवश्यक रहेको उनको भनाई छ । गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँदै उनले समयमा परीक्षण तथा परामर्श नगराएमा स्वास्थ्मा मात्रै नभई गर्भमा रहेको बच्चामा पनि गम्भीर असर पुग्ने औँल्याईन् ।
डा. बालकृष्ण शाह भन्छन्, ‘गर्भावस्थामा केही आकस्मिक जटिलताहरू आउन सक्छन्, त्यस्तो बेला समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ ।’ उनले अस्पतालमा गएर समय–समयमा स्वास्थ्यअवस्था जाँच गराउनुपर्ने सुझाव दिए । गर्भवती महिलाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने र यो लकडाउनको समयमा अनिच्छित गर्भधारण भएमा स्थानीय कानुनी मान्यता प्राप्त स्वास्थ्य सेवामा आवश्यक परामर्श लिन उनले सुझाव दिए ।

सुरक्षित गर्भपतनको अवस्था

सुरक्षित गर्भपतन महिलाको व्यक्तिगत अधिकार हो । यसले महिलाको आत्मविश्वास पनि बढाउँने गरेको छ । कुनै पनि बेला अनिच्छित गर्भ रहेमा र त्यसले आफ्नो काम, भविष्य वा स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएमा महिलाले चाहेको अवस्थामा त्यो गर्भ त्याग्न सकिन्छ । अर्थात्, सुरक्षित गर्भपतन गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार गर्भ रहेको १२ साता सम्मको गर्भलाई सूचिकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउन सक्ने अधिकार कानुनले दिएको छ । तथापी, सम्बन्धित मानिस १८ बर्ष भन्दा कम उमेर रहेको भएमा परिवार तथा अभिभावकको परामर्श आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नेपालमा गर्भपतनलाई नकारात्मक दृष्टिकोणबाट हेरिने भएपनि अन्य विकसित मुलुकहरुमा यसलाई सकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । नेपाली समाजमा सुरक्षित गर्भपतन गराउनु सामाजिक दृष्टिकोणमा राम्रो मानिदैँन । तर, स्वास्थ्यकर्मीहरु भने सुरक्षित गर्भपतन गराउँनु स्वास्थ्यको लागि फाइदा हुने तर्क गर्छन् ।

नेपालमा सुरक्षित गर्भपतनको कानुनी मान्यता पाएको १८ वर्ष भयो । यो अवधिमा १० लाख बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएर अकाल मृत्युवरणबाट बच्न सफल भएका छन् । अहिलेसम्म १० लाख बढी महिलाहरुले सुरक्षित गर्भपतन गराएकाले महिलाहरु सचेत भएको देखिन्छ । त्यसो त लुकिछिपी विभिन्न मेडिकलहरुमा गर्भपतन गराउँने गरेको उदाहरण पनि प्रसस्तै छन् ।

तर, कानुनी मान्यता प्राप्त स्वास्थ्य सेवामा अनिच्छित गर्भधारण भएमा ढुक्क भएर सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था रहेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ अनुसार लैङ्गिक हिंसा अन्त्य कानुनमा सुधार भएको नेपालको कानुन र युवा विकास केन्द्रले ल्याएको योजना अनुसार अनिच्छित गर्भधारण, बाध्यतात्मक गर्भधारण वा महिला हिंसा जस्ता घटनाले गर्भधारण भएमा महिलाले चाहेको खण्डमा सुरक्षित गर्भपतन गराउँन सकिने व्यवस्था छ ।

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.