Friday, November 14, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मनै लोभ्याउने मनास्लु

अर्जुन उप्रेती by अर्जुन उप्रेती
कार्तिक ८, २०८२
in टाकुरा विशेष, भिजिट नेपाल, विचार
0
मनै लोभ्याउने मनास्लु
65
SHARES
Share on FacebookShare on Twitter

यसपालिको दशैँ लगत्तै मनास्लु सर्किटको पदयात्रा गर्ने अवसर मिल्यो ।

महांल.गुर हिमालय रेन्ज भन्दा निक्कै पश्चिम अनि अन्नपूर्ण हिमाल भन्दा ६४ कि.मि. पूर्वमा पर्ने मनश्री हिमालय रेन्जमा अवस्थित मनास्लुको समीपमा पुग्दा सोचे भन्दा र अरू मानिसले भने भन्दा फरक र सुन्दर रहेछ मनास्लु हिमाल ।

जापानिज हिमाल, किलर माउण्टेन आदि नामले चिनिने मनास्लुलाई धार्मिक हिमाल पनि भनिदो रहेछ ।

संस्कृत भाषाको ‘मनासा’ बाट मनास्लु भएको भन्ने किंवदन्ती रहेछ । जहाँ मनासाको अर्थ आत्मा भन्ने हुँदोरहेछ ।

सगरमाथाको सफल आरोहणको ३ वर्षपछि जापनिज एक्स्पिडिसन टिमको नेतृत्वमा ‘तोसी इमानिषी’ नामका जापनिजले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएको इतिहास छ ।

जहाँ उनलाई नेपाली शेर्पा ग्याल्जेन नोर्बुले साथ दिएका थिए । जापानिज नागरिक यूको माकीले नेतृत्व गरेको आरोहण दलमा तोसी इमानिषी र ग्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरि बिश्व कीर्तिमानी इतिहासमा पहिलो आरोहीको रूपमा नाम लेखाएका रहेछन् ।

संसारका ८ हजार मिटर माथिका १४ वटा हिमालमध्ये ८ वटा नेपालमै छन् । त्यसमध्येमा आठौँ स्थानमा रहेको मनास्लुको उचाई समुन्द्र सतहदेखि ८ हजार १ सय ६३ मिटर अर्थात् २६ हजार ७ सय ८१ फिट रहेको छ ।

मे ९, सन् १९५६ मा मनास्लु शिखरमा पहिलोपटक सफल आरोहणको झण्डा फहराइएको थियो ।

हिमाल आरोहीहरूले यसलाई किलर माउण्टेन्ट पनि भन्ने गर्दा रहेछन् । चारैतर्फ चुच्चु र धारिलो धार भएको आरोहण गर्न अति कठिन हिमालको सूचीमा पर्ने मनास्लुमा हिउँ पहिरोको जोखिम अत्यन्तै धेरै हुनेरहेछ ।

जसकारण धेरै आरोहीहरू आरोहण गर्दा गर्दै हिउँपहिरोमा परेर ज्यान गुमाउन पुग्दारहेछन्, मनास्लुमा । तर, अहिले चाँहि मनास्लुभन्दा अझै धेरै हिउँपहिरो जाने र धेरै दुर्घटना हुने भएकोले अन्नपूर्ण–१, लाई किलर माउण्टेन्ट भनिन थालेको रहेछ ।

गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने मनास्लु हिमाल, गोरखाको सबैभन्दा उत्तरतर्फको गाउँ साम्दो र आधार शिविर भन्दा सिधै तलको स्थान सामागाउँ जस्ता सुन्दर हिमाली बस्तीले आम्ने साम्ने सम्वाद गर्ने जस्तो लाग्ने चुम उपत्यकामा अवस्थित छ ।

तिब्बतीयन बुद्धिष्ट संस्कृतिको बाहुल्यता रहेको चुमभेली क्षेत्रमा पर्ने मनास्लु हिमाल मनास्लु पदमार्ग पछ्याउँदै जादा बाटैमा पर्दछ । समुन्द्र सतहबाट ३ हजार ५ सय मिटर उचाईको सामागाउँबाट ४ हजार ८ सय मिटरको आधारशिवर पुग्न ठाडै उकालो चढेर जानुपर्ने रहेछ ।

एकै दिनमा सामागाउँबाट आधार शिविर पुगेर दिनभरि हिउँ खेलेर बेलुका बास बस्न सामागाउँ नै फर्किन सकिने गाउँबाट छोटो दुरीको आधार शिविर पनि हो ।

यही सामागाउँबाट साम्दो, धर्मशाला हुँदै ५ हजार १ सय ६ मिटर उचाईको लार्केपास समेत गर्न सकिने एककाम दो पन्थ को यात्रा मनास्लु पदयात्रा ।

आफैँले आधार शिवरमा पुगेर हिमाल छाम्न, चुम्न सकिने एक अदभूत अनन्दको हिमाल पनि हो, मनास्लु ।

Tags: #भिजिट नेपालअर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

झुम्का कारागारबाट अझै ५७२ कैदी फरार, सुनसरीका सीडीओ के भन्छन् ? (भिडिओसहित)
टाकुरा विशेष

झुम्का कारागारबाट अझै ५७२ कैदी फरार, सुनसरीका सीडीओ के भन्छन् ? (भिडिओसहित)

by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०८२
0

इटहरी : भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा झुम्का कारागारबाट फरार भएका ५७२ जना कैदीहरू अझै फरार रहेका छन्। आन्दोलनको...

ओलाङचुङ्गोला क्षेत्रमा पर्यटक
भिजिट नेपाल

ओलाङचुङ्गोला क्षेत्रमा पर्यटक

by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०८२
0

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङ्गोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक । तस्बिरः दिलकुमार लिम्बू/रासस

धरानमा भेटियो निगाले बाघको बच्चा, पाटे बाघको हल्ला

धरानमा भेटियो निगाले बाघको बच्चा, पाटे बाघको हल्ला

कार्तिक २६, २०८२
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो चैतभित्रमा सञ्चालन हुने

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो चैतभित्रमा सञ्चालन हुने

कार्तिक २५, २०८२
वैकल्पिक राजनीतिको बिगुल बजाउने ‘जेनजी विद्रोह’

वैकल्पिक राजनीतिको बिगुल बजाउने ‘जेनजी विद्रोह’

कार्तिक २२, २०८२
कोशी प्रदेशमा ७७ करोडको क्षति (मूल्यांकन समितिको प्रतिवेदनमा के छ ?)

कोशी प्रदेशमा ७७ करोडको क्षति (मूल्यांकन समितिको प्रतिवेदनमा के छ ?)

कार्तिक १५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बन्द भएको तीन महिनापछि भोजपुर विमानस्थलमा उडान

भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि बिरामीलाई सहज

कार्तिक २८, २०८२
छोराछोरीबाट अपहेलित आमाहरूलाई खाद्यान्न प्रदान

छोराछोरीबाट अपहेलित आमाहरूलाई खाद्यान्न प्रदान

कार्तिक २८, २०८२
इटहरीमा ९८ किलो गाँजासहित दुई जना पक्राउ

इटहरीमा ९८ किलो गाँजासहित दुई जना पक्राउ

कार्तिक २८, २०८२
झुम्का कारागारबाट अझै ५७२ कैदी फरार, सुनसरीका सीडीओ के भन्छन् ? (भिडिओसहित)

झुम्का कारागारबाट अझै ५७२ कैदी फरार, सुनसरीका सीडीओ के भन्छन् ? (भिडिओसहित)

कार्तिक २७, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2624 shares
    Share 1050 Tweet 656
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1333 shares
    Share 533 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    343 shares
    Share 137 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.