इटहरी (डेस्क) : मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र सोही ठाउँका २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
हाल दुवै सवारी साधन र ट्रक चालक झापाको कमल गाउँपालिका ६ का ४३ बर्षीय भीमबहादुर दाहाल ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post