बिराटनगर । मोरङ ग्रामथान ५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ ।
आज दिउँसो पौने १ बजे ग्रामथान २ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिपर र चालक सुनसरी बर्जु ५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन् ।
यसैगरी झापा बिर्तामोड ४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन् ।
Discussion about this post