तरहरा : इटहरी २० तरहरामा रहेको लिबरल सोसाइटीले होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई डाक्टरसहित घरमै पुगेर सेवा प्रवाह गरेको छ ।
लिबरलका अध्यक्ष सुबेक्छु देवानका अनुसार इटहरी २० र १९ मा रहेका संक्रमितलाई घरमै पुगेर डाक्टरसहितको स्वास्थ्य प्रवाह गरिएको हो ।
होम आइसोलेसनका संक्रमितलाई बेवास्ता गरेको गुनासो आइरहेका बेला हङकङ तरहरा मञ्चको सहयोग र लायन्स क्लव अफ़ घोपाका चिकित्सक टोलीको सहकार्यमा लिबरल सोसाइटी क्लबले आजदेखि संक्रमितको घरै पुगेर सेवा प्रवाहको अभियान सुरु गरेको हो ।
डाक्टरले काउन्सिलिङसहितको उपचार गर्दा संक्रमितले निकै राहत महसुस गरेको देवानले बताए ।
उपचार गर्न जाँदा संक्रमितलाई स्वास्थ्य जाँचका साथै औषधी, स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार प्रदान गरिएको थियो ।
सामाजिक काममा सक्रिय सोसाइटीले यसअघि संक्रमितको घर, गाउँमा पुगेर सेनिटाइज समेत गर्दै आएको छ ।
Discussion about this post