इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका सबै बैँक तथा वित्तिय संस्थाहरु मंगलबारदेखि नियमित सूचारु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा असार १४ गतेसम्म निषेधाज्ञा थप गरेपनि इटहरीका सबै बैँक तथा वित्तिय संस्था मंगलबारदेखि नियमित सूचारु हुने भएका हुन् ।
उपमहानगरपालिकाले सोमबार साँझ एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी सबै बैँक तथा वित्तिय संस्था नियमित सूचारु गर्न भनेको छ ।
यसअघि उपमहानगरले कोरोना महामारी बढेको भन्दै हप्तामा तीनदिनमात्रै बैँक तथा वित्तिय संस्था खोल्ने निर्णय गरेको थियो ।
Discussion about this post