मोरङ : मोरङ रंगेली नगरपालिका ७ रंगेली बजारमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्र१ ०२ ०४३ प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । आज बिहान सोही दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा मृत्यु भएको थियो ।
ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post