इटहरी : इटहरीका दुईजनासहित झापा दमक नगरपालिका ७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा इटहरी ४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी १९ का २६ वर्षीय मिलन राई रहेका छन् ।
यस्तै, झापा दमक ७ का ४० वर्षीय कर्णहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल, गौरादह ३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह ८ का ३८ वर्षीय ईन्दुकुमार राजवंशी रहेका छन् ।
यस्तै, गौरादह २ का ३२ वर्षीय निर्मल थापा, दमक २ का ४२ वर्षीय रामबहादुर धिमाल, दमक ६ का ३३ वर्षीय विजय सिंह पक्राउ परेका हुन् ।
शुक्रबार बेलुका पक्राउ परेकामध्ये कर्णबहादुर राईको घरमा ठूलो रकमको बाजी राखेर जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
उनका अनुसार जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैँया समेत फेला पारेर बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुरुउपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post