इटहरी (डेस्क) : पछिल्लो २४ घण्टामा नेपालमा गरिएको परीक्षणमध्ये कसैलाई पनि कोरोना नदेखिएको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
नेपालमा अहिलेसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने ¥यापिड किटबाट ८ हजार ९ सय २९ वटा परीक्षण सम्पन्न भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । ¥यापिड किटबाट गरिने परीक्षण अब १४ जिल्लामा विस्तार गर्न बाँकी रहेको उनले बताए ।
देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
Discussion about this post