इटहरी : एसएलसी सकेपछि उच्च शिक्षाका लागि २०५१ सालमा काठमाडौँ छिरेका तरहराका नवल नेपाल हाल नेपालका चर्चित फिल्म निर्देशक हुन् । पढाइसँगै कमाइ गर्नका लागि काठमाडौं छिरेका उनलाई कलाकार बन्ने सानैदेखिको इच्छा थियो । भनिन्छ, तिमी इच्छा गर भगवानले पु¥याउँछन् । नभन्दै यस्तै भयो, उनको जिन्दगीमा ।
‘कमाइ गर्न भनेरै काठमाडौं गएको हुँ, यद्यपि कलाकार नै बन्छु भन्ने अठोट पनि थियो,’ उनले सुनाए, ‘स्कुलताका समयमै नाटक लेखेर गाउँघरमै मञ्चन पनि गरियो ।’ बाल्यकालदेखिको नै सिनेमा र नाटकप्रतिको मोहले गर्दा होला उच्च शिक्षासँगै उनले यस क्षेत्रलाई छोडेनन् ।
उनले आफू काठमाडौं छिरेपछि सिनेमामै काम गर्ने उद्देश्यलाई भने निरन्तरता दिएको बताए ।
‘तत्कालीन समयमा तरहरा विकासोन्मुख सहरको रूपमा परिचित हुँदैथियो,’ उनले भने, ‘पढाईसँगै कमाई गर्नका लागि छिरेको म आइए सकेर फिल्म क्षेत्रमा काम गर्ने अवसर जु¥यो ।’
उनले साबिकको हाँसपोसा हाल इटहरी २० तरहरामा २०४६ सालदेखि ५० सालसम्ममा विभिन्न नाटक पनिमञ्चन गरेको स्मरण गरे । ‘यहाँको बिहीबारेमा खाट बिछ्याएर त्रिपालले घेर्थ्र्यौँ, ट्युब लाइट बालेपछि नाटक सुरु हुन्थ्यो,’ उनले स्मरण गरे, ‘गाउँघरमा नाटक मञ्चन हुँदा मलाई अग्रपंक्तिमा राखिन्थ्यो, सबैले प्रोत्साहन पनि गर्नुहुन्थ्यो ।’
स्थानीय अग्रजहरूको प्रोत्साहनकै कारण आफूले करीब आधा दर्जन बढी नाटक मञ्चन गरेको उनले बताए ।‘नाटकमा म कमेडी टायपको रोलमा खेल्थें, अहिले आएर यति भावनात्मक र संवेदनशील हुन्छु भन्ने मलाई पनि थाहा थिएन,’ एकछिन भावुक बने र पुनःबोल्न सुरु गरे, ‘नाटकको समयमा पसल–पसलमा गएर टिकट बेच्थ्यौँ, मज्जा हुन्थ्यो ।’
नाटकमा म कमेडी टायपको रोलमा खेल्थें, अहिले आएर यति भावनात्मक र संवेदनशील हुन्छु भन्ने मलाई पनि थाहा थिएन,’ एकछिन भावुक बने र पुनःबोल्न सुरु गरे, ‘नाटकको समयमा पसल–पसलमा गएर टिकट बेच्थ्यौँ, मज्जा हुन्थ्यो ।’
फिल्मी क्षेत्रमा विगतको तुलनामा अहिले आकाश पातालको फरक रहेको उनको बुझाई छ । उनले भने, ‘त्यसबेला काम बिग्रिएला कि भनेर सचेत हुन्थ्यौं, सिनियरहरूसँग डर हुँदा गहिराइमा पुगेर काम गरिन्थ्यो, अहिले त्यसो छैन ।’ अहिले आम मानिस तैरिएर काम गर्ने गरेको उनको तर्क छ । सृजनशील मानिस व्यापारी बन्न नहुने तर्क राख्दै उनले भने, ‘अहिले हामी तैरिएर काम गर्छौँ, डुबेर होइन, हामी साँच्चैको व्यापारी भयौँ, सृजना गर्ने मान्छे व्यापारी हुनुहुँदैन ।’ उनले अहिले कामलाई महसुस गर्न नसक्नेहरू ‘सेलिब्रेटी’ भइरहेको स्मरण गरे ।
‘व्यापारिक र समीक्षात्मक हिसाबमा अहिले पहिलाभन्दा धेरै फरक छ,’ नयाँ पुस्ताबारेको अध्ययन र बुझाईको चिन्ता गर्दै निर्देशक नेपालले भने, ‘त्यसबेला मौलिकता हुन्थ्यो, माटोको बास्ना र आफ्नोपन हुन्थ्यो, अहिले हामीलाई ‘सिन’मा देखाउनु मात्रै छ, हामी अल्छी भएका छौं ।’ पेश्की लिएर काम गर्ने मान्छेले झारो मात्रै टार्ने गरेको उनको अनुभव छ । उनका अनुसार अध्ययन गरेर गहिराइमा पुगेर काम गर्नेहरू धेरै छन् । तर, गर्नेभन्दा नगर्नेले छोपिदिने भएकाले समस्या हुने उनले सुनाए । ‘जसले सुख र सयलमा आफ्नो भविष्य निर्माण गर्छ, उस्को भविष्य खुशी हुँदैन,’ उनले सुनाए, ‘जसले दुःखमा भविष्य निर्माण गर्छ, उसको भविष्य उज्यालो हुन्छ ।’
नेपालसँगको बसाईमा उनी घरीघरी भावुक बन्थे । घरी खुशीले पुलकित पनि बन्थे । एकछिन विगततिर फर्किन्थे त एकैछिनमा भविष्यको चिन्ता पनि गरिहाल्थे ।
‘जसले सुख र सयलमा आफ्नो भविष्य निर्माण गर्छ, उस्को भविष्य खुशी हुँदैन,’ उनले सुनाए, ‘जसले दुःखमा भविष्य निर्माण गर्छ, उसको भविष्य उज्यालो हुन्छ ।’
‘पढाइसँगै कमाइ गर्न काठमाडौँ छिरेको मैले पढाइ र काम सँगै जाँदैन रहेछ भन्ने बुझेँ, आइए सकेर फिल्म क्षेत्रमा लागेपछि पढाइ ‘ग्याप’ भयो,’ उनले भने, ‘पढ्ने चैं अझै रहर छ, पढियो भने गहिराइमा गएर काम गर्न सकिन्छ भन्ने अनुभव छ ।’
कयौं रातहरू पानी र बिस्कुटमा पनि गुजारा भएको स्मरण गर्दै भने, ‘अहिले सबैजना व्यापारी भएका छन्, मैले देशलाई के दिएँ भन्दापनि मैले कति कमाएँ भन्नेमा मानिसको ध्यान केन्द्रित छ ।’
आफूले राम्रो काम गरे पैसा आफ्नो पछाडि दौडने उनको तर्क छ । फिल्म क्षेत्रको भविष्य उक्सन समय लाग्ने भएपनि यो क्षेत्रमा सपना खोज्नेहरूको भविष्य अझै उज्यालो रहेको उनले बताए । फिल्मी क्षेत्रमा हाल गाह्रो अवस्था रहेपनि भोलि गएर राम्रो हुन्छ भन्ने उनको अपेक्षा छ ।
‘भविष्य राम्रो छ भनिरहँदा कस्ता चलचित्र निर्माण हुन्छन् भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अबको समयमा प्रविधिको प्रयोग गर्दै आफ्नै मौलिकता, आफ्नै भावनालाई समेटेर दर्शकले पत्याउने सिनेमा बनाउनुपर्छ, सबैले बुझ्ने भाषामा भन्नुपर्दा पत्यारिलो सिनेमा हुनुपर्छ ।’
उनले फिल्मको कथावस्तु, भूमिका, संवाद, देखिरहेको तर मतलब नगरेका घटनाको उठान हुनुपर्ने बताउँदै कथा अध्ययन गरेर बनाएमा त्यस्ता सिनेमालाई दर्शकले पत्याउने बताए ।
‘भविष्य राम्रो छ भनिरहँदा कस्ता चलचित्र निर्माण हुन्छन् भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अबको समयमा प्रविधिको प्रयोग गर्दै आफ्नै मौलिकता, आफ्नै भावनालाई समेटेर दर्शकले पत्याउने सिनेमा बनाउनुपर्छ, सबैले बुझ्ने भाषामा भन्नुपर्दा पत्यारिलो सिनेमा हुनुपर्छ ।’
आफूले अहिले तीनवटा कथा तयार पारेको बताउँदै भने, ‘तीनवटा फाइनल कथा तयार गरेको छु, सुटिङ गरिहाल्नका लागि धेरै तालमेल मिल्नुपर्छ, लगानीको सुनिश्चितता पनि हुनुपर्छ ।’ चलचित्र निर्माणका लागि केही मानिसहरूसँग कुरा भइरहेकाले अब केही समयमै निर्माणलाई गतिदिने उनले बताए । निर्देशक नेपालले ‘तस्वीर’, ‘श्रीमान’, ‘महसुस’, ‘लज्जा’, ‘भाग सानीभाग,’‘मंगलम’, ‘मारुनी’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।
Discussion about this post