इटहरी : एमआरआर समूहको १० औं बार्षिक उत्सवको अवसर पारेर इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा रहेका अनाथ बालबालिकाहरूबीच खुशी साटेर मनाइएको छ ।
एमआरआर ग्रुपमा सक्रिय पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानमा अध्ययनरत विद्यार्थी लियो क्लब अफ इटहरी प्रोफेस्नल ईन्जिनियरिङ्गका सदस्यहरूले आफ्नो स्थापनाको १० औं वार्षिक उत्सवको अवसरमा इटहरी ४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा रहेका बालबालिकाहरूलाई स्टेशनरी, लुँडो, बल, ब्याटमिटन लागयतका शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेर मनाएको हो ।
यस्तै, धरानस्थित भानुचोकमा रहेका एक अपाङ्गगता भएका व्यक्तिलाई मानिसको तौल नाप्ने मेशिन समेत प्रदन गरेको एमआरआरका सदस्य सरोज दाहालले जानकारी दिए ।
कार्यक्रममा सहयोग गर्नेहरूलाई धन्यवादसहित आगामी दिनमा पनि सकारात्मक काममा आफूहरू लागि पर्ने इटहरीका युवादस्ता प्रभास गौतमले बताए ।
Discussion about this post