इटहरी : नेता कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको खुलासा गरेका छन् ।
इटहरी उपमहानगरपालिका २० तरहरामा शुक्रबार पत्रकारहरूसँगको भेटघाटका क्रममा नेता थापाले आफूमाथि निर्मल निवासको हस्तक्षेप भएका कारण निरीह, लाचार, अपमानित र अपहेलित भएर पार्टीमा बसिराख्न सक्ने अवस्था नरहेका कारण पार्टीबाट अलग भएको बताएका हुन् ।
‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ । विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ । त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ । हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा ग¥यो ।’
‘हामीले अब आगामी दिनमा कसरी राजसंस्थाको एजेण्डालाई बोकेर हिड्ने,’ उनले भने, ‘किनभने राप्रपा जस्तो पार्टीमा त राजाको हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था पुर्नस्थापना भयो भने अन्य पार्टीहरूमा हुँदैन ?’
राप्रपा देशको एउटा राजनीतिक शक्तिको रूपमा भन्दापनि कुनै एउटा विषयलाई पुर्नस्थापित गर्ने संघर्ष समितिको रूपमा परिणत हुने र निर्मल निवासको रिमोट कन्ट्रोलबाट सञ्चालन हुने कुरालाई दृष्टिगत गरेका कारण आफू पार्टीबाट अलग भएको उनको तर्क छ । अब राप्रपाबाट अलग भएसँगै राजसंस्था बिनाको हिन्दुराष्ट्र अभियानमा आफू सक्रिय हुने उनले बताए ।
‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ । विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ । त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ । हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा ग¥यो ।’
निर्मल निवासको हस्तक्षेपले मात्रै आफू हारेको उनको बुझाइ छ ।
‘हामीले हार्नुमा हाम्रै पनि केही कमीकजोरी छन्, प्राविधिक त्रुटी छन्,’ नेता थापाले भने, ‘तर, निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण हामीले परिकल्पना गरेको राजसंस्था राजनीतिभन्दा माथि उठेको छ ।’
अब आफू नयाँ पार्टीको कार्यदिशा बनाउन लागेकाले फागुन पहिलो साताभित्र पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिने उनले बताए ।
‘पार्टी र नेता असफल भए भन्दैमा राजा आएर शासन गर्ने होइन,’ उनले भने, ‘मैले राजा र राजाको सचिवालयलाई सम्झाउन सकिँन । अब जनतासामू गएर कसरी राजाको पक्षमा भोट माग्ने ?’
हिजोको दिनमा हिन्दुराष्ट्रको एजेण्डा कमजोर हुनुमा राजसंस्थाको एजेण्डा कारणको रूपमा रहेको उनको आरोप थियो । उनले राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनमा दोहोरो चरित्र र केटाकेटीपन समेत रहेको आरोप लगाए ।
भिडियो
Discussion about this post