इटहरी : सुनसरीको दुहबी नगरपालिका ८ मा म्याजिक भेनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना १ ज ३०५१ नम्बरको म्याजिकको ठक्करबाट स्थानीय ५० वर्षीय रमेश लुहागुनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर सोमबार साँझ ७ः३० बजेतिर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराटनगर अस्पतालमा आज (मङ्गलबार) बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।
म्याजिक र चालक इटहरी उपमहानगरपालिका ४ का ३५ वर्षीय टङ्कराज गिरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post