इटहरी : प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९।८० का लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेशसभामा नीति तथा कार्यक्रम प्रति सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्र राईले दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रमको छलफलमा ३० जना सांसदले सहभागिता जनाएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आइतबार मुख्यमन्त्री राईले दिएका थिए ।
एमालेले संशोधन प्रस्ताव फिर्ता नलिएपछि सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले नीति तथा कार्यक्रम पारित भएको जानकारी दिए । नीति तथा कार्यक्रममाथि एमालेले दर्ता गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।













Discussion about this post