श्रमजीवि पत्रकार महिलाद्धारा प्रकाशित भई एकै परिवारका श्रीमान श्रीमतीले समाचार सम्प्रेषण गर्दै आएको धरानको दिव्य रोशनी साप्ताहिकले आईतबार आफ्नो १५ अौं बर्ष पूरा गरि १६ औँ बर्षमा प्रवेश गरेको अवसरमा धरान उपमहानगरपालिकालाई राहत सहयोग गरेको छ ।
आफ्ना मिडियामा काम गर्ने ४ कर्मचारीहरुलाई प्रति व्यक्ति २५ केजि चामल १ केजि नुन, १ लिटर खाने तेल १ केजि दाल र १ पोका न्युटेला प्रदान गरिएको दिब्य रोशनी पत्रिकाकि सम्पादक मनिता चाम्लिङले बताइन् ।
धरानका मेयर तिलक राइलाइ राई र प्रबन्ध निर्देशक सागर सिंजालि मगरले पत्रिकाको १६ औं बार्षिक उत्सवको अवसरमा सहयोग गरिएको हो ।
पत्रिकाले बिगत बर्षहरुमा २ वटा विधामा ३ जना पत्रकारलाई नगद ५ हजार सहित सम्मान पत्र र २ जना उद्ममी तथा समाजसेवी लाई सम्मानपत्रले सहित सम्मान गर्दै आएको थियो ।
थिए ।
दिव्यरोशनी साप्ताहिकले अघिल्लो वर्षमा समेत २ वटा विधामा नगद ५ हजार सहित पत्रकारीता पुरस्कार र सामाजिक व्यक्तित्वलाई सम्मान गरेको थियो । सम्पादक मनिता चाम्लिङले स्वर्गिय पिता क्वीन गोर्खा इनजीनियर प्रभुराम राईको स्मृतिमा प्रदान गर्दै आएको ५ हजार राशी भएको उत्कृष्ट सामाजिक सम्मान पुरस्कार बाट सम्मान गरेको थियो ।
साथै स्वर्गिय कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापित ५ हजार राशी भएको सृजनशील युवा पत्रकारिता पुरस्कारबाट समेत गरिदैँ आएको थियो ।
यो वर्ष लकडाउनले यसलाई वितरण नगरिएको भएपनी आउँदो बर्षहरुमा यसलाई निरन्तरता दिईने उनले बताए ।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर तिलक राई , पत्रकार महासँघ सुनसरीका कोषाध्यक्ष गोबिन्द बस्नेत र विभिन्न समाजसेविको उपस्थितिमा दिव्य रोशनी अब एप्स सहितको अनलाईन मोबाइलमा थिचेर उद्घाटन गरिएको छ ।
Discussion about this post