इटहरी : इटहरीमा भएको प्रदेश १ स्तरीय पौडीको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् ।
पुरुष र महिलातर्फ भिन्नाभिन्नै भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागी थिए ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि इटहरीस्थित ओसियन पार्कमा भएको छनौट खेलबाट पुरुषतर्फ विकास कुमालले २ तीन स्वर्ण पदक जितेका हुन् ।
पौडी खेलको छनौट समिति सदस्य इन्द्रजीत राजवंशीका अनुसार मोरङ्गका संस्कार ढकालले एक गोल्ड र तीन सिल्भर पदक प्राप्त गरेका छन् ।
यस्तै, भोजपुरका ससाहाङ्ग राईले तीन वटा ब्रोन्ज मेडल पाएका छन् । छनौट प्रतियोगिताबाट मोरङ्गका अजय सोरेनले एक ब्रोन्ज मेडल पाएका छन् भने मोरङ्गकै आयुस लामाले एक सिल्भर मेडल पाएका छन् ।
सय मिटरका फ्रि स्टायल, ब्रेस्ट स्टोक, व्याक स्टोक र बटरफ्लाई बिद्यामा प्रतिस्पर्धा गराएको पौडीका संयोजक दीपक राईले बताए ।
यसैगरी महिला तर्फको प्रदेश स्तरीय पौडी प्रतियोगितामा धनकुटाकी बिभुषा राईले दुई गोल्ड मेडल जितेकी छन् ।
राईले सय मिटर फ्रि स्टायल र बेस्ट स्कोरमा स्वर्ण जितेकी हुन् भने दुवै विद्यामा मोरङ्गकी उपाशना राईले सिल्भर मेडल पाएकी छन् ।
यता भोजपुरकी सिसुवुनु राईले दुवै विदामा ब्रोन्ज मेडल पाइन । महिला तर्फको सय मिटर व्याक स्टोकमा सिसुवुनु राईले स्वर्ण जितेकी छन् भने मोरङ्गका आर्विया पौद्धारले सिल्भर र सिरिम प्रसाईले ब्रोन्ज मेडल जितेकी छन् ।
पौडीमा विभिन्न ८ जिल्लाका खेलाडीहरू छनौट प्रतियोगितामा सहभागी भएका थिए ।
Discussion about this post