विराटनगर : प्रदेश नंं. १ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले राईलाई (आइतबार) आज मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त मुख्य न्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं. २०३५ बैशाख १ गते जन्मिएका नवनियुक्त मुख्य न्यायाधिवक्ता राई हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास रहेको छ ।
यसअघिका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् ।
Discussion about this post