प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ।
कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघमा आबध्द र अन्य सक्रिय पत्रकार गरि १५० जना पत्रकारको निःशुल्क वीमा आजबाट सुरु गरेको हो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ। सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरस देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका तर्फबाट प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन्।
कम्पनीका इटहरी वयवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेल तथा महासचिव विवेक गौतम लगायतको उपस्थिति थियो।
Discussion about this post