इटहरी : इटहरीमा सेभेन स्टार क्लबले आगामी कात्तिक ६ गते साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
शनिबार (आज) इटहरीमा पत्रकार सम्मेलन गरी साङ्गीतिक कार्यक्रमबारे जानकारी दिइएको हो ।
क्लबका अध्यक्ष बादल दाहालका अनुसार तिहारको अवसर पारेर कात्तिक ६ गते आइतबार इटहरी १७ लविपुर चोकमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।
कार्यक्रममा चर्चित गायक निशान भट्टराई, बारुध ब्याण्ड र स्थानीय कलाकारहरूको प्रस्तुति रहने दाहालले बताए ।
कार्यक्रमबाट संकलन भएको रकम सेभेन स्टार क्लब र मितेरी टोल विकासको संयुक्त नाममा दर्ता रहेको जग्गामा सामुदायिक भवन निर्माणका लागि विनियोजन गरिने बताइएको छ । कार्यक्रममा सहभागीलाई शुल्क नलाग्ने र स्वेच्छाले सहयोग गर्न सकिने दाहालले जनाए ।
क्लबले यसअघि क्रिकेट प्रतियोगिता, सरसफाई कार्यक्रम तथा संस्कृति जगेर्नाका निम्ति विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
Discussion about this post