तरहरा : इटहरी २० तरहरामा चोरी भएको छ ।
तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय शान्ता राईको घरको ताल्चा फोडेर चोरी भएको पीडितले जनाएका छन् ।
राई घरमा नभएको समयमा चोरी भएको बताइएको छ । चोरीमा संलग्नले करीब दस हजार रुपैयाँ नगद चोरी गरेको पीडितले जनाएका छन् । दराज फोडेर चोरी गरेको बताइएको छ ।
आँफूहरू केही समय अघिदेखि इटहरी २ स्थित शान्तिनगरमा बस्दै आएकाले घटना कहिले भएको भन्ने थाहा नभएपनि गएरातिको घटना हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छिमेकीले घरको ढोका खुल्लै देखेपछि पीडित परिवार र प्रहरीलाई खबर गरेका थिए ।
तरहरा प्रहरी चौकीका अनुसार चोरीमा संलग्न व्यक्ति लागूऔषध कारोबारी भएको हुनसक्ने अनुमान गरिएको छ ।
‘घटनाको प्रकृति हेर्दा लागूऔषधमा लिप्त भएको व्यक्तिबाट चोरी भएको हुनसक्छ’ तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हरी सुवेदीले भने, ‘पीडितले प्रहरीमा निवदेन दिएपछि अनुसन्धान अगाडि बढ्छ, यद्यपि हामीले प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’
Discussion about this post