ओखलढुंगा : ओखलढुंगामा आफ्नै बारीको कान्लाबाट लडेर १ जनाको मृत्यु भएको छ ।
सिद्धिचरण नगरपालिका ३ स्थित अँधेरी नारायणस्थानमा स्थानीय ६८ वर्षीय जसराज राईको ज्यान गएको हो ।
आइतबार (आज) बिहान मृतक राईको जेठो छोराले बारीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post