इटहरी : गायक ओमप्रकाश गुरुङ (ब्ल्याक डाइमन्ड)को ‘अंगालोमा बाँधी तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज उनै दोङले नै गरेका हुन् ।
गीतको भिडियोमा व्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र मोडल रोशनी कार्कीले अभिनय गरेकी छन् ।
काठमाडौँका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् । पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन् ।
भिडियो
Discussion about this post