इटहरी : उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षका उम्मेदवार जीवन पराजुलीको समूहले २३ बुँदे साझा घोषणा पत्र सार्बजनिक गरेको छ ।
अध्यक्ष तथा पदाधिकारी मध्य १ जना दैनिक ४ घन्टा कार्यलयमा बस्ने र व्यवसायीको काम गर्ने, व्यवसायीको हितका लागि परामर्श गर्न विज्ञ नियुक्ति गर्ने लगायतका घोषणा समेटिएको घोषणापत्र सार्वजनिक गरिएको थियो ।
पराजुलीको साँझा समूहको घोषणापत्रमा इटहरीमा व्यवसायिक प्रदर्शनी स्थलको निर्माण गर्नेदेखि पार्किङको लागि पहल गर्ने बुँदा समेत समेटिएको छ ।
हरेक वर्ष रोजगार प्रवद्र्वनका लागि रोजगारी मेला र व्यापार व्यवसाय प्रवद्र्वनका लागि ट्रेड फेयर गर्ने पत्रमा उल्लेख गरिएको छ ।
यस्ता छन् २३ संकल्प
यो पनि – उवासंघ इटहरी निर्वाचन : अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई ६ दलको साथ (कसले के भने ?)
Discussion about this post