धरान : काठमाडौं वर्ल्ड स्कुलले धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार स्कुलका चियरमेन इ.डा.मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
वर्ल्ड स्कुलको नेपाल टुर कार्यक्रम अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वर्ल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।
प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए ।
उनले नेपाल बाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । गुणस्तरीय शिक्षाका लागि योग्यता महत्वपूर्ण विषय रहेको बताए ।
कार्यक्रममा सहभागीले वर्ल्ड स्कुलले नेपालका विद्यार्थी बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पूरा गर्ने बताए ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्वति अपनाइरहेको छ ।
कक्षाकोठा भित्रको सिकाई मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अगाडि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान इ.डा. मिथिलेश कुमार झाले बताए ।
Discussion about this post