धरान : सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल आज (आइतबार)देखि धरान १७ स्थित श्री माविको खेल मैदानमा सुरु भएको छ ।
आज सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का विरुद्व ७२ स्कोरले पराजित गरेको छ ।
प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद एक लाख ११ हजार र उपविजेताले ५५ हजार हात पार्नेछ ।
प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता छ । २०६९ सालदेखि सुरु भएको हराइजन रनिङ कप बास्केटबल उपत्यकाबाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो ।
कार्यक्रममा धरान १७ का वडाध्यक्ष सूर्य (मनोज) भट्टराई हराईजन क्लबका अध्यक्ष श्री भक्त राई, क्लबकै पूर्व अध्यक्ष एवं आर्थिक समितिका संयोजक वसन्त राई र पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राईले बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए ।
Discussion about this post