धरान : धरानमा जारी सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको उपाधीका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आज (शुक्रबार) सम्पन्न अन्तिम सेमिफाइनल खेलमा टाइम्स कलेज काठमाण्डौँलाई ८३ का विरुद्व ८६ स्कोरले पराजित गर्दै आर्मीले पुलिससँगको उपाधी भीडन्त फक्का गरेको हो ।
टाइम्स कलेज विरुद्व जित निकाल्न व्यक्तिगत २६ स्कोर गरेका आर्मीका निश्चल महर्जन प्लेयर अफ द म्याच घोषित हुँदै नगद २ हजार पाए ।
आर्मी र पुलिसबीचको प्रतिष्पर्धा शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार र उपविजेताले ४४ हजार पाउँनेछन् ।
Discussion about this post