इटहरी : इटहरी ९ मा रहेको चिजन प्यालेस स्कुलले आइतबार शैक्षिक प्रदर्शनी गरेको छ ।
स्कुलमा अध्ययनरत विद्यार्थीले पढाई एवं सिकाईका क्रममा निर्माण गरेका बिषयगत सामाग्रीहरू प्रदर्शनीमा राखिएको हो ।
प्रदशर्नीमा विज्ञान गणित एवं सामाजिक विषयका विधागत सामग्रीहरू राखिएको थियो। विद्यार्थीले स्कुलमा के पढे, कसरी पढे, पढ्दा कसरी सिके र सिकेका कुरा व्यवहारमा कसरी उतारिरहेका छन् भन्ने विषयलाई प्रदर्शनी गरिएको थियो ।
स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले अबका विद्यार्थीले जागिर खानेभन्दा पनि जागिर दिन सक्ने हुन् भन्ने उदेश्यले सानै कक्षादेखि सो किसिमको शिक्षा दिदैँ आएको बताइन् ।
दिल्ली पब्लिक स्कुलको सहकार्यमा सञ्चालित चिजन प्यालेस स्कुलमा राखिएको शैक्षिक प्रदशर्नीमा विद्यार्थीको परीक्षामा अंक होइन, व्यवहारिक सिकाइलाई मान्यता दिनुपर्ने शिक्षा दिइयो ।
प्रदशर्नीमा जाँतो, ओखल, ठेकी, मदानी, ओदानलगायतका सामाग्री समेत प्रदर्शन गरियो ।
Discussion about this post