इटहरी : नेपाल शिक्षक संघ सुनसरीको ९ औँ जिल्ला अधिवेशनबाट पुनः बेणुप्रसाद सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुनसरीको इनरुवामा भएको अधिवेशनबाट सिग्देलले इन्द्रमोहन झा र देवनारायण यादवलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
यस्तै, उपाध्यक्षमा चण्डिका बाँस्तोला निरौला, सचिवमा रोबनराज कार्की, सचिव (अर्थ) मा काशिराम चौधरी, सहसचिवमा उत्तम सुवेदी, सहसचिव (महिला) सरिता नेपाल, सहसचिव (अर्थ महिला) मा कञ्चनदेवी यादव, सहसचिव (समावेशी) मा रामकुमार चौधरी र मधुलाल मेहता निर्वाचित भएको निर्वाचन समिति संयोजक रेणुका पोखरेलले जानकारी दिइन् ।
यस्तै, सदस्यहरूमा सुनीता गिरी, टीकादेवी अधिकारी, गोमा खत्री दाहाल, सञ्जीवकुमार चौधरी, गणेशप्रसाद यादव, केशव भटराई र आलम अन्सारी निर्वाचित भएका छन् ।
प्रदेश प्रतिनिधिहरूमा इन्दिरा कटुवाल, बबिकुमारी यादव, सुनीताकुमारी राई, बिमलकुमार चौधरी, सुरेशकुमार चौधरी, धरबिन्द्रकुमार ठाकुर, दिनेशकुमार चौधरी र भोजराज घिमिरे निर्वाचित भएका छन् ।
यसैगरी संघीय महाधिवेशन प्रतिनिधिहरूमा सरस्वतीकुमारी कार्की, सुमित्रा मेहता, गणेशकुमार भट्टराई, आशाराम माझी, पुनितलाल चौधरी, नारायणप्रसाद मेहता र कृष्णराज बिष्ट निर्वाचित भएको निर्वाचन समतिले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले आगामी ४ वर्षमा सांगठानिक रूपमा काम गर्ने, पेशागत हकहितका लागि काम गर्ने, शैक्षिक गुणस्तर अभिबृद्वि लगायतका क्षेत्रमा काम गर्ने बताए ।
Discussion about this post