इटहरी : वि.सं. २०७१ सालमा स्थापना भएको पर्फेक्ट एकेडेमीमा हाल प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ ।
इटहरी ९ प्रगति मार्गमा रहेको एकेडेमीमा हाल २५० विद्यार्थीहरू अध्ययनरत छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकाससँगै क्षमता अभिवृद्विका लागि विद्यार्थीले के कस्ता क्रियाकलाप गरिरहेको छ, आगामी योजना के छन् भन्ने सन्दर्भमा रहेर विद्यालयका प्रधानाध्यापक रामकुमार गिरीसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–
१. विद्यालयको परिचय संक्षिप्तमा दिनु न ?
पर्फेक्ट एकेडेमी २०७१ सालमा स्थापना भइ ८ वर्षदेखी निरन्तर रूपमा सञ्चालन हुँदै आएको विद्यालय हो । अर्को कुरा यो विद्यालय बजारको कोलाहलबाट टाढा छ । पर्फेक्ट एकेडेमी विद्यार्थीहरूका लागि एउटा भयमुक्त र शान्त वातावरणमा अध्ययन–अध्यापन गराइने विद्यालय हो ।
२. यस विद्यालयका विशेषता केके छन् ?
पहिलो कुरा त गुणस्तरीय शिक्षाको साथमा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएका छौँ । आधुनिक समयको मागअनुसार पढाइलाई मात्र नभएर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा हामीले जोड दिएका छौँ ।
विद्यार्थीको रुचिअनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन, नृत्य, गायन, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरू नियमित रुपमा गराउनु हाम्रो विशेषता हो ।
३. अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई पर्फेक्ट एकेडेमीमा नै किन लगाउने ?
पहिलो कुरा त गुणस्तरीय शिक्षामा हामी विशेष जोड दिन्छौँ । दोस्रो कुरा भनेको हामी अहिलेको बद्लिदोँ समयअनुसार विद्यार्थीलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छौँ । किनकि, विद्यार्थीहरूभित्र अन्तरनिहीत क्षमता हुनसक्छन् ।
ती क्षमता प्रष्फुटन गराउन पनि हामीले विशेष जोड दिदैँ आएका छौँ । समयको मागअनुसार र विद्यार्थीको चाहनाअनुसार नै विद्यालय सञ्चालन हुँदै आएको छ ।
सोही कारण पनि अभिभावकहरू सन्तुष्ट हुनुहुन्छ । हामीले पढाईको साथमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको अवसर प्राप्त गरी हरेक क्षेत्रमा आफ्ना नानीहरूलाई अगाडि बढाउनको लागि अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई पर्फेक्ट एकेडेमीमा अध्ययन गर्नका लागि ढुक्कसाथ भर्ना गरिरहनुभएको छ ।
४. नयाँ शैक्षिक सत्रको तयारी कस्तो छ ?
यस विद्यालयमा नयाँ शैक्षिक सत्र २०८० का लागि प्ले ग्रुपदेखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको छ । हामीले धेरै विद्यार्थी भर्ना लिएर भन्दापनि सीमित मात्रामा विद्यार्थीहरूको भर्ना लिन्छौँ ।
किनकि, धेरै विद्यार्थी राखेर अव्यवस्थित बनाउनुभन्दा ठिक्क विद्यार्थी राखेर उचित हेरचाहसहित शिक्षा दिनु हाम्रो उदेश्य हो । अभिभावकहरू बुझ्न आउने क्रम बढ्दो छ । नयाँ शैक्षिक सत्रको कक्षा सन्चालन २०८० बैशाख ४ गतेबाट गर्ने हाम्रो तयारी छ ।
५. अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, अभिभावकहरूलाई के भन्न चाहान्छु भने हामीलाई विश्वास गरेर आफ्ना छोराछोरीहरूलाई यस पर्फेक्ट एकेडेमीमा पढाउनु भयो भने हामी गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी राख्ने छैनौँ ।
र, नयाँ वर्ष पनि नजिकिदैँ गरेको हुनाले आउँदै गरेको नव वर्ष २०८० सालको उपलक्ष्यमा हाम्रा अभिभावकवर्ग, शिक्षक, कर्मचारी, विद्यार्थी, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरूलाई उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।
Discussion about this post