Tuesday, June 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘मोडर्न प्रिपेरेटोरीमा हामीले गरेको कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौँ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘मोडर्न प्रिपेरेटोरीमा हामीले गरेको कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौँ’ : अन्तर्वार्ता
306
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ ।

इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या बढ्दो छ ।

नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै विद्यालयका आगामी योजना र लक्ष्य केके छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक भीमबहादुर श्रेष्ठसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :

विद्यालयको परिचय संक्षिप्तमा दिनु न ?

मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्थान हो ।

जसले वि.सं. २०४९ सालदेखि कोसी प्रदेश र मधेस प्रदेशका विद्यार्थीहरूलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा इटहरीका पुराना संस्थागत विद्यालयहरूमध्ये मोडर्न प्रिप्रेरेटोरी स्कुल पनि एक हो ।

यस विद्यालयबाट अहिलेसम्म कोसी र मधेस प्रदेशका दशौं हजार विद्यार्थीहरूले विद्यालय तहको शिक्षा लिइसकेका छन् । मोडर्न प्रिपेरेटोरी स्कूलले स्थानीय शैक्षिक आवश्यकता पूर्तिका लागि काम गरिरहेको छ ।

२. यस विद्यालयका विशेषता केके छन् ?

हाम्रो यस विद्यालयका केही विशेषताहरू छन् । जस्तै, यस विद्यालयमा लामो समयको शिक्षण अनुभव भएका विश्वसनीय र अनुभवी शिक्षकहरू हुनुहुन्छ । शिक्षकहरूलाई थप दक्ष बनाउन नियमित रूपमा विभिन्न तालिमहरू दिइरहेका छौं । जसले विद्यार्थीहरूका शैक्षिक विकासलाई अत्याधिक महत्व दिन्छ ।

विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मल्टिमिडियाको प्रयोग गरेर श्रव्यदृश्य सामाग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाईका कामहरू सञ्चालन गरिरहेको छ । विभिन्न कार्यक्रमहरूमार्फत विद्यार्थीहरूलाई फरक विषयहरूमा ज्ञान, सीप प्रदान गर्दै र विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत गरिरहेको छ ।

यसै शैक्षिक सत्रबाट सिकाईलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिएको छ । त्यसैगरी, विद्यालयले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सुविधाहरू समेत दिइरहेको छ ।

जसले गर्दा विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूमा सहज बनाउन मद्दत गरिरहेको छ । यस विद्यालयले, पाठ्यक्रमले निर्दिष्ट गरेको शिक्षाका उद्देश्यहरू पूरा गर्न विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि मिहिन ढंगले काम गर्दै आएको छ ।

विद्यालयहरूले सुविधाजनक शैक्षिक संशाधनहरू प्रदान गरिरहेको छ । जसले विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरूको पहुँच गराउँछ र नानीबाबुहरूको प्रभावकारी सिकाईमा सहायता गर्दछ ।

३. अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई मोर्डन प्रिपेरेटोरीमा नै किन भर्ना गर्ने ?

मोडर्न प्रिपेरेटोरी स्कुलले शिक्षाको लागि बालकेन्द्रित दृष्टिकोण प्रदान गर्दै आएको छ ।

जसले प्रभावकारी सिकाईका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाई, आत्म निर्देशित सिकाई र हातमा सिकाईका अनुभवहरूमा जोड दिन्छ । व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू नानीहरूले विद्यालयमै सिक्छन् ।

विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाईको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएको छ । यस अभ्यासका कारण जीवनभरका लागि नानीबाबुहरूको सिकाई प्रभावकारी हुन्छ ।

विद्यालयले प्रायः विविध र बहुसांस्कृतिक सिकाई वातावरण प्रदान गर्दै आएको छ । जसले नानीबाबुहरूलाई उनीहरूको वरपरको वातावरण बुझ्न, उक्त वातावरणमा घुलमिल हुन, प्रकृति र प्रशंसा विकास गर्न मद्दत गर्दछ ।

त्यसैले मोडर्न प्रिपेरेटोरी स्कुल अभिभावकका लागि आफ्ना नानीबाबुहरूको लागि समग्र शैक्षिक विकासका लागि उत्कृष्ट छनौट हो ।

४. अहिले कति विद्यार्थी अध्ययनरत छन्, पाठ्यक्रम बाहेकका सिकाई केके हुन्छन् ?

अहिले करीब पाँच सय भन्दा बढी विद्यार्थी अध्यनरत छन् । हामीकहाँ पाठ्यक्रम अन्तर्गतकै पनि प्रयोगात्मक अभ्यासहरू धेरै हुन्छन् । जस्तै, सामाजिक अध्ययन अन्तर्गत ठूला कक्षाका विद्यार्थीहरूले निर्वाचनका विषयमा पढ्नुपर्छ ।

उदाहरणका लागि, त्यसको सैद्दान्तिक कक्षासँगै अभ्यासको रूपमा निर्वाचन आयोगको कार्यविधि आधार बनाएर हामीले स्कुल क्याप्टेन, भाइस क्याप्टेनहरूको भोटिंङ् नै गराउँछौ । जहाँ संसदको अभ्यास हुन्छ । जसले विद्यार्थीमा चुनावबारे पनि थाहा हुन्छ । हाम्रो स्कुलको फेसबुक पेजमा गएर ती क्रियाकलाप हेर्न सकिन्छ ।

हामीले विद्यालयमा नेपाल प्रहरीको सहयोगमा लागूऔषध दुव्र्यसन, साइबर सुरक्षा लगायतका विषयमा विद्यालयमा श्रव्य दृश्यसहितको सचेतना कक्षाहरू र अन्तरक्रिया सञ्चालन गरिरहेको हुन्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा विपद् व्यस्थापनका विषयमा प्रशिक्षण र अभ्यासहरू सञ्चालन गरिरहेका छौं ।

त्यसैगरी, समाजका सबै समुदायका विद्यार्थीहरूको उपस्थितिले हामी उत्साहित छौँ । यो अवस्थाको सदुपयोग गर्दै हामीले नानीबाबुहरूलाई आफ्नो मौलिक भेषभूषा र संस्कृतिप्रति अभ्यस्त बनाउँदै अपनत्वको भावना बढाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौँ ।

यसले नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान र मौलिकताप्रति गौरव गर्न सिकाउँछ भने एक अर्काको भेषभूषा र संकृतिको बारेमा जानकारी गराउंदै फरक संस्कृतिको सम्मान गर्न सिकाउँछ । जसले गर्दा बालबालिकामा सामाजिक सहिष्णुता र अनेकतामा एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।

पाठ्यपुस्तक बाहेकका क्रियाकलापका लागि विद्यालयमा रहेका बाल क्लब, जुनियर रेडक्रस सर्कल, स्काउट, एनसीसीका क्याडेटहरूको सक्रियतामा सामाजिक कार्यहरूमा विद्यार्थीहरू सहभागी हुन्छन् । इटहरीमा क्रियाशील रहेका सामाजिक संघ संस्थासँगको सहकार्यमा सामाजिक गतिविधिहरूमा समेत सक्रिय बनाइरहेका छौँ ।

विद्यालयमा विद्यार्थीहरूकै सक्रिय सहभागिता र नेतृत्वमा आवधिक रूपमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू र प्रदर्शनीहरू समेत संचालन हुन्छन् । जसले विद्यार्थीलाई नेतृत्व विकाससँगै सिकाईप्रति अभिप्रेरित गर्दै प्रतिस्पर्धी भावनाको विकास गराउन मद्दत गर्ने कार्यक्रमहरू संचालन गरिरहेका छौं ।

५. विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?

हेर्नुस्, हामी विद्यालय संचालन गरिरहेका छौं भन्ने कुरामा सचेत छौं । अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाईमा हाम्रो मुख्य जोड रहेको छ ।

विद्यालय भनेको विद्याको पवित्र मन्दिर हो । हामीले गरेको कामको मूल्यांकन अभिभावकहरूले, समाजले गरिरहनुभएको हुन्छ ।

हामी, हाम्रो कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौं । हाम्रो रणनीति नै सिकाईलाई प्रभावकारी बनाउन हामीले गरेका कामको गुणस्तर र अभ्यासहरू समाजमा पुगोस् । अभिभावकले थाहा पाउनुहोस् । अभिभावक र समाजको साथ विद्यालयले पावस् भन्ने हो । मुख्य कुरा काम नै हो । विद्यार्थीहरूको क्षमता अभिबृद्दिसँगै प्रयोगात्मक कक्षामा पनि हाम्रो प्राथमिकता छ ।

६. अन्त्यमा के भन्नुहुन्छ ?

आजका स्कुले विद्यार्थी भनेका भोलिका कर्णधार हुन् । त्यसैले, मोडर्न प्रिपेरेटोरी स्कुलले विद्यालयमा हुने शिक्षण सिकाई अनुशासन र संस्कारयुक्त हुनुपर्छ भन्ने कुरामा दृढ छ ।

अनुशासित र मर्यादित भएर गरिने अभ्यास र मेहनतले मात्र जीवनमा उत्कृष्टता हाँसिल गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक रूपमा सिकाउदै आएका छौं । यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।

नानीबाबुहरूको शैक्षिक, सामाजिक स्तरोन्नतिका निम्ति हामी सचेत छौँ । विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक मिलेर काम गर्नुपर्छ । यसमा अभिभावकको भूमिका असाध्यै महत्वपूर्ण छ ।

अर्को कुरा, छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । विद्यालयसँगको नियमित सम्पर्क र सहकार्यमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गर्नुपर्छ । आफ्ना बालबालिकाको शिक्षा, दीक्षाको विषयले अभिभावकले सक्रियतापूर्वक चासो राख्ने गरौँ, धन्यवाद ।

 

Tags: अन्तर्वार्ताभीमबहादुर श्रेष्ठमोडर्न प्रिपेरेटोरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

इटहरी : सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य...

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३
विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

जेष्ठ २६, २०८३
विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.