इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आँफूले नेतृत्व गरिकन प्रदेश सरकारको सय दिने उपलब्धी सार्वजनिक गरेका हुन् ।
कार्कीले सार्वजनिक गरेको उपलब्धीमा मन्त्रालय संख्या १३ बाट घटाएर ९ मा घटाइएको छ ।
यस्तै, मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख गरिएको छ ।
यस्तै, प्रदेशको नामकरण कोसी राखिएको, प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको उल्लेख छ ।
यस्तै, आर्थिक क्षेत्रमा पदेश अन्तर्गतका सबै मन्त्रालय, आयोग र सचिवालय कार्यालयहरूको चालू खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उपलब्धी भएको बताइएको छ ।
सय दिनमा ७५० हेक्टर जमिनमा सिँचाइ सेवा पु¥याएको, करिब ६० वटा नदी नियन्त्रण योजनाहरूको निर्माण गरेको, साना सिँचाइ कार्यक्रम मार्फत क्रमागत करिब ५० वटा योजना सम्पन्न गरेको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न भई प्रदेश भित्रका करिब २५ हजार नागरिकलाई पर्याप्त, सफा र सुरक्षित खानेपानी सुविधा पु¥याएको बताइएको छ ।
यस्तो छ पूर्णपाठ
Discussion about this post