Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘कोसी प्रदेशमा आलोपालोको सरकार बन्छ, केन्द्रको निर्णय पर्खिरहेका छौँ’ : अन्तर्वार्ता

कोसी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति उद्वव थापा :–

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० बैशाख ८ गते, ७:०९ बजे
0
‘कोसी प्रदेशमा आलोपालोको सरकार बन्छ, केन्द्रको निर्णय पर्खिरहेका छौँ’ : अन्तर्वार्ता
104
SHARES
Share on FacebookShare on Twitter

केन्द्रमा र अन्य विभिन्न प्रदेशमा सत्ता समीकरण फेरिएसँगै कोसी प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा हुँदैछ ।

एमाले नेतृत्वको प्रदेशसभामा हाल नेकपा माओबादी केन्द्र, राप्रपा, जसपा लगायतका दल सरकारमा सहभागी छन् । तर, केन्द्रको सत्ता समीकरण फेरिएसँगै यो प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा छ ।

यही चर्चाबीच कोसी प्रदेशमा अबको सत्ता समीकरण, कसको नेतृत्व र कस्तो मोडलको सरकार बन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्वव थापासँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. कोसी प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना कति छ ?

सम्भावना छ । चाँडै नै सरकार परिवर्तन हुनसक्छ । हामीले आन्तरिक रूपमा गृहकार्य गरिरहेका छौँ । अब १० गतेको उपनिर्वाचनपछि केन्द्रिय नेताहरूसँग छलफल हुन्छ । १० गते पछाडि केन्द्रिय सरकारले पनि पूर्णता पाउँछ र प्रदेशको सत्ता फेरिने विषयमा पनि छलफल हुन्छ ।

२. अब सत्ता फेरिए मुख्यमन्त्री को ?

मुख्यमन्त्री को बन्छ भन्ने कुरा भन्दापनि आलोपालोको सरकार बन्छ । गठबन्धनको सरकार रहन्छ । केन्द्रिय तहमा आलोपालो बनाएअनुसार नै प्रदेशमा पनि आलोपालोको सरकार बन्छ । अबको मुख्यमन्त्री को भन्ने कुरा चैँ शीर्ष नेताको हातमा छ । सबै दलले आफ्नै दलको नेतृत्व हुनुपर्छ भनिरहेका छन् । माओबादी, समाजवादी जस्ता दलले मुख्यमन्त्री मागिरहेका छन् ।

  • यहाँ साथीहरूले कसलाई मान्ने, नमान्ने भन्दापनि केन्द्रिय नेतृत्वको निर्णय मान्ने हो । केन्द्रिय नेतृत्वले संसदीय दलको नेताबाहेक अरुलाई मुख्यमन्त्री दिने भन्ने नै हुँदैन ।

हामीले बसेर प्रदेशको निर्णय गर्न सक्दैनौँ । गरेपनि कार्यान्वयन हुन सक्दैन । त्यसैले हामीले यहाँ कसलाई समर्थन गर्ने, नगर्ने भन्दा पनि केन्द्रबाट सबै टुंगिन्छ । केन्द्रिय नेताहरू बसेर टुंग्याउनुहुन्छ ।

३. कतिपयपले त मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता हो भन्ने मान्य नहुने भन्ने चर्चा पनि छ नि ?

ठिक प्रश्न उठाउनुभयो । संसदीय दलको नेतालाई मुख्यमन्त्री नमान्ने भन्ने कुरा हुनु अस्वभाविक हो । खासगरी राप्रपा र कांग्रेसभित्रकै केही साथीहरूले यस विषयमा कुरा गरेको मैले पनि यदाकदा सुनेको छु ।

यहाँ साथीहरूले कसलाई मान्ने, नमान्ने भन्दापनि केन्द्रिय नेतृत्वको निर्णय मान्ने हो । केन्द्रिय नेतृत्वले संसदीय दलको नेताबाहेक अरुलाई मुख्यमन्त्री दिने भन्ने नै हुँदैन ।

४. कांग्रेसभित्रकै कुरा पनि उठाउनुभयो । कांग्रेसबाट तपाईँबाहेक अरुलाई मुख्यमन्त्रीमा अगाडि सार्ने हो ?

दुईवटा कुरा छ । पहिला त माननीय भइसकेर जिम्मेवार पदमा रहेका साथीहरूले दलको विधान हेर्नुपर्छ । कांग्रेसको विधानले दलको नेताबाहेक अरुलाई नेतृत्वमा पठाउन मिल्दैन । सल्लाह र सहमतिबाट विधान परिवर्तन पनि हुँदैन ।

  • कांग्रेसबाट म बाहेक अरु मुख्यमन्त्री बन्ने कुरा दिवासप्ना मात्रै हुन्छ । म दलको नेता हुँदाहुँदै अरु मुख्यमन्त्री बन्ने कुरा हुनै सक्दैन ।

जो मुख्यमन्त्री बन्न चाहनुभएको छ, वहाँहरूले संसदीय दलको नेता नबाहिरिकन मुख्यमन्त्री बन्न सक्दैन । कांग्रेसमा संसदीय दलको नेताबाहेक अरु नै मुख्यमन्त्री बन्ने कुरा बाहिर चर्चामा छ । कतिपय साथीहरूले तपाईँ दलको नेता हुँदा हुँदै अरुलाई मुख्यमन्त्री बनाउने भनेर प्रश्न पनि गरिरहनुभएको छ ।

कांग्रेसबाट म बाहेक अरु मुख्यमन्त्री बन्ने कुरा दिवासप्ना मात्रै हुन्छ । म दलको नेता हुँदाहुँदै अरु मुख्यमन्त्री बन्ने कुरा हुनै सक्दैन । अर्को कुरा पनि छ । कतिपय प्रदेशमा दलको नेता मन्त्री बनेका कुरा पनि छन् ।

कोसी प्रदेशमा म यदि मुख्यमन्त्री नभएको अवस्थामा मन्त्री बन्दिन । साथीहरूलाई मन्त्री बनाएर पठाउँछु । पालो आउँदा मुख्यमन्त्री नै बन्छु ।

५. कांग्रेसभित्रैबाट तपाईँलाई असहयोग भएको अवस्थामा अरु दललाई नै मुख्यमन्त्री दिने हो ?

मैले अघि पनि भनिसकेँ । हामीले भन्दा पनि हामी केन्द्रिय नेतृत्वको निर्णयको पर्खाइमा छौँ । माथिका नेतालाई तलको कुराले प्रभाव पार्दैन । अब शीर्ष नेतृत्वको बैठकले को मुख्यमन्त्री बन्ने भन्ने विषयमा टुंगो लगाउँछ ।

Tags: अन्तर्वार्ताउद्वव थापाकोसी प्रदेश

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana