इटहरी : चार लाख घुससहित व्यवस्थापक, इञ्जिनियर र लेखापाललाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले चार लाख घुस रकमसहित तीनजना कर्मचारीलाई पक्राउ गरेको हो । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक, झापामा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन्।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए।
Discussion about this post