भोजपुर : भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ ।
एक कार्यक्रमबीच नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्राबर (आज) टर्मिनल भवनको शिलान्यास गरेका हुन्। गृह जिल्ला पुगेर मन्त्री किराँतीले टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।
टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित पाँच करोड ४५ लाख लागतमा निर्माण हुने जनाइएको छ ।
करीब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन डेढ वर्षभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।
एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल वि.सं. ३०३५ सालदेखि सञ्चालनमा आएको छ ।
Discussion about this post