इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित नेपाल विद्युत् प्राधिकरणको इनरुवा वितरण केन्द्रका फोरम्यान बिर्जुकुमार महतो घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज (मंगलबार) पक्राउ गरेको हो ।
उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत घुस लिएका महतोलाई अख्तियारको इटहरी सम्पर्क कार्यालयबाट खटिएको टोलीले इनरुवा ३ बाट पक्राउ गरेको हो ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम विशेष अदालतमा मुद्दा चलाइने अख्तियारले जनाएको छ ।
Discussion about this post