उदयपुर : उदयपुरमा बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका ३ बस्ने ३४ वर्षीय आसुतोष तिवारी छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बुधबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भदौ ३० मा साँझ तिवारीले किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post