विराटनगर : नेकपा एमाले कोसी प्रदेशको उद्घाटन गरिएको छ । शुक्रबार विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशन उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरे । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिनाअर्थको विदेश भ्रमण गरेको टिप्पणी गरे ।
‘प्रधानमन्त्री छुट्टी मनाउन विदेश गएजस्तो छ, दुई हप्ता लामो विदेश भ्रमण कुनै देशका प्रधानमन्त्रीले गर्दैनन्, बरु हामीजस्ता रिटायर्ड भएकाले गर्दा मिल्छ,’ उनले भने ‘भ्रमणमा गएर देश र राष्ट्रिय हितको पक्षमा बोल्न नसक्ने, सीमाको समस्या उठाउन नसक्ने भ्रमण किन गर्नुपर्यो । दक्षिण जाँदा गेरु बस्त्र लगाउने, १०८ किलो रुद्राक्ष चढाउने, उत्तर जाँदा मानसरोबरमा डुबुल्की मार्ने बाहेक भ्रमणमा केही भएको छैन ।’
अध्यक्ष ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्न नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् ।
जसरी निर्वाचित भएपनि विरोधीले आफूहरूलाई धर नदिने भन्दै उनले भने ‘सर्वसम्मति गर्नुभयो भने विरोधीहरूले एमालेले चुनाव भन्ने कुरा कहाँ छ र भन्नेछन् । अनि निर्वाचन गरेर प्रतिस्पर्धा गर्नुभयो भने एमालेमा असन्तुष्टि बढ्यो भन्ने छन्, जसरी पनि विरोधीले विरोध गर्नेछन् ।’
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल मुख्य प्रतिष्पर्धी छन् ।
Discussion about this post