इटहरी : इटहरी उपमहानगरपालिकामा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरूले तालाबन्दी गरेका छन् ।
सहकारीले बचत फिर्ता नगरेपछि तालाबन्दी गरेको गरिएक शुक्रबहादुर तामाङले बताए ।
पछिल्लो समय अम्बेले बचत फिर्ता नगरेपछि बचतकर्ताहरू सङ्घर्ष समिति नै बनाएर पुनः आन्दोलनमा गएका छन् ।
गत साउन २९ गते नै इटहरी उपमहानगरपालिकाको अगुवाइमा अनुगमन गर्दा बचत रकम फिर्ता गर्ने मौखिक प्रतिबद्धता भएपनि बचत रकम नपाएको पीडितहरूले बताएका हुन् ।
अनुगमनका क्रममा अम्बे बचत सहकारी नियम विपरीत सञ्चालनमा रहेको पाइएको थियो ।
त्यसबेला ७ दिन भित्र सहकारीलाई आफ्नो प्रतिवेदन पेश गर्न निर्देशन गरिए पनि हालसम्म प्रतिवेदन पेस नगरेको इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।













Discussion about this post